काठमाडौं । कुमारी बैंक लिमिटेडर सिप्रदी ट्रेडिङ्ग प्रालिका बीच ग्राहकहरूलाई टाटा मोटर्सको विद्युतीय सवारी साधनखरिद गर्नको लागीकर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्नकुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाटसहज रुपमाविद्युतीय सवारी साधनकर्जा उपलब्ध गराउने छ ।
यस सहकार्य पश्चात्कुमारी बैंककाग्राहकहरूले टाटा मोटर्सको विद्युतीयसवारी साधनखरिद गर्दा बैंकबाट सजिलै बिजकमूल्यको ८० % सम्म कर्जा प्राप्तगर्न सक्ने छन्,साथै कर्जाको अवधी ८ वर्ष सम्म रहने प्रावधानगरिएको छ ।
FACEBOOK COMMENTS