काठमाडौं। चालू आर्थिक वर्षको ७ महिनामा विदेशी मुद्रा सञ्चिति १३.८ प्रतिशत बढेको छ। गत माघसम्म विदेशी मुद्रा सञ्चिति बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा माघ मसान्तमा १०.२ प्रतिशत वृद्धि भई १० अर्ब ५० करोड डलर कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
२०७९ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो। माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत छ ।
चालू आर्थिक वर्ष ०७९/८० को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
FACEBOOK COMMENTS