काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपालले छैटौं विकेट लिएको छ।
सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिँदै नेपाललाई छैटौं सफलता दिलाएका हुन्।
सन्दीपले चार्ल्स अमिनीलाई ललित राजवंशीबाट क्याचआउट गराए। नेपालले १ बलको अन्तरमा लगातार २ विकेट लियो।
२३औं ओभरको पहिलो बलमा लामिछानेले राजवंशीको हातबाट अमिनीलाई क्याचआउट गराए भने २२औं ओभरको पाँचौ बलमा राजवंशीले रिले हेकुरेलाई आउट गराएका थिए।
सन्दीपले यसअघि व्यक्तिगत दोस्रो विकेटको रुपमा १९औं ओभरको पहिलो बलमा असद भालालाई ललित राजवंशीबाट क्याचआउट गराएका थिए।
विकेटको रुपमा सन्दीपले १४औं ओभरमा सेसे बाउलाई बोल्ड आउट गरेका थिए। बाउ २८ बल १८ रनसहित खेलिरहेका थिए।
त्यसअघि हिरी हिरीलाई सोमपाल कामीले करण केसीबाट क्याचआउट गराएका थिए। हिरी २२ रनमा १४ बल बनाएर बाहिरिए।
पहिलो सफलता नेपाललाई ललित राजवंशीले दिलाएका हुन्। उनले चौथो ओभरको चौथो बलमा पीएनजीका किपलिन डोरिगालाई बोल्ड आउट गरेका हुन्।
FACEBOOK COMMENTS