काठमाडाैं । आईपीओ निष्काशनको अनुमति माग्दै सिटिजन लाइफ इन्स्योरेन्स नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न शुकबार बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको हो ।
कम्पनीले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।
बीमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब पूँजी पुर्याउन कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ थप्नु पर्ने देखिन्छ ।
कम्पनीले आईपीओ निष्काशन पश्चात न्युनतम चुक्ता पूँजी पुर्याउन शेयरधनीहरुलाई बोनश र हकप्रद निष्काशन गर्ने तयारी गरेको छ ।
FACEBOOK COMMENTS