काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडको संचालकमा ७ जना निर्वाचित भएका छन् ।
कम्पनीको चैत १० गते शुक्रबार सम्पन्न ५६औं वार्षिक साधारण सभाले सर्वजनिक सेयरधनीको तर्फबाट ७ जना संचालक निर्वाचित गराएको हो ।
कर्पोरेशनको संचालकमा प्रदिपलाल श्रेष्ठ, नारायण दास मानन्धर, राजेन्द्रमान शेरचन, राजेश कुमार श्रेष्ठ रहेका छन् । यस्तै, सुनिल श्रेष्ठ, ए युनिट प्रालिको तर्फबाट शंकर प्रसाद पाण्ड र अञ्जन श्रेष्ठ निर्वाचित भएका हुन् ।
कर्पोरेशनको संचालकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट डा. नारायण प्रसाद रेग्मी र साविकको नेशनल ट्रेडिङ्ग लिमिटेड हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको तर्फ मोहन प्रकाश चन्द रहेका छन्।
यसैगरी, १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाण्टेण्टसलाइ पुनः नियुक्ति गरेको छ ।
FACEBOOK COMMENTS