काठमाडौं । प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले लिलामी प्रक्रियामार्फत यही चैत २१ गते आफ्नो ९ लाख कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा गर्न लागको हो ।
लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ।
लिलामीमा राखिएको सेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।
अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

यो सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघसंस्थाले चैत २९ गतेसम्म सानिमा क्यापिटलको कार्यालयमा बोलपत्र आवेदन दिन सक्नेछन् ।