काठमाडौं । सरकारले हालै बढुवा भएका अतिरिक्त महानिरीक्षकको पदस्थापन गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको पदस्थापन गरेको हो ।
श्याम ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय (मेट्रो), किरण बज्राचार्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र टेकप्रसाद राईलाई प्रहरी एकेडेमीमा पदस्थापन गरेको छ ।
दीपक थापा भने प्रहरी प्रधान कार्यालयअन्तर्गत विभागमा पदस्थापन भएका छन् ।
सरकारले चैत ८ गते ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेकामा वसन्त कुँवरलाई दुई दिनपछि आईजिपी बनाउने निर्णय भएको थियो ।
नेपाल प्रहरीमा एआईजीका ८ दरबन्दीमध्ये रिक्त रहेका ४ वटामा पनि बढुवा सिफारिस भइसकेको छ ।
FACEBOOK COMMENTS