काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लगातार ५ वर्षसम्म परिवर्तन नहुने बताएका छन् ।
बुधबार न्यायिक समितिकाे पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले सरकार भत्किन्छ कि भनेर चिन्ता नलिन आग्रह गरे ।
कार्यक्रममा पूर्ववक्ता रहेका काठमाडौँमा महानगरका प्रमुख बालेन्द्र शाहले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार भने बेला बेला फेरिने गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनले मेयर साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’
प्रधानमन्त्री प्रचण्डले सरकार अब बिस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने बताए ।
FACEBOOK COMMENTS