ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।
काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।
बिहान एक चरण छलफल गरेर विनानिष्कर्ष उठेका नेताहरू फेरि छलफलमा जुटेका हुन् ।
आजै केही मन्त्रीलाई शपथ गराउने प्रधानमन्त्रीको तयारी छ ।
दुई चरणमा गरी मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरूबीच सहमति भएको भनिएकोमा अझै भागबन्डा नटुंगिदा आज विस्तार हुनसक्ने सम्भावना कम रहेको एक नेताले बताए ।
प्रचण्डले आज केही मन्त्री नियुक्ति गर्नेगरी साझेदार दलहरूसँग नाम मागेका थिए ।
नेकपा एसले भने तीन मन्त्रालयको अडान कायमै रहेको भन्दै प्रधानमन्त्रीबाट जवाफ आएपछिमात्र मन्त्रीको नाम दिने निर्णय गरेको छ ।
शीर्ष नेताहरू संघदेखि प्रदेशसम्म प्याकेजमा सहमति गर्ने गरी वान टु वान र समूहगत भेटवार्ता गरिरहेका छन् ।
नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काको नाम पनि चर्चामा छ।
अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु छन्।
समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने
समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।
बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी छाडेका छैनन् ।
प्रधानमन्त्री प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन् । साथै पहिलो चरणमा एक जनाको नाम पठाउन भनेका छन् ।
एक पदाधिकारीका अनुसार समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ ।
ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।
FACEBOOK COMMENTS