काठमाडाैं । सरकारले विकास निर्माणका कार्यमा सम्बन्धित निकायहरुबीच समन्वयका लागि इकाइ गठन गर्ने प्रतिबद्धता जनाएको छ ।
बिहीबार सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सडक, बिजुली, सञ्चार, पानी, ढललगायतका विकास निर्माणमा समन्वयका लागि इकाइ गठन गरिने बताइन् । उक्त इकाइ प्रधानमन्त्री तथा मन्त्रिपरिष्द्को कार्यालयमा रहने गरी गठन गरिने सरकारको न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
‘सडक बिजुली पानी ढल सञ्चारलगायत विकास निर्माणका कार्यमा सम्बन्धित निकायका बिचमा एकीकृत र समन्वायत्मक ढंगले निर्माण संचालन र परिचालन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिष्तद्का कार्यालयमा समन्वय इकाइ गठन गर्ने,’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
FACEBOOK COMMENTS