काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
महासंघको निर्वाचन समितिले यही चैत २९ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकाअनुसार चैत २९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
उक्त अवधिसम्म मतदान केन्द्र प्रवेश गरिसकेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यस्तै, बिहान ८ बजेदेखि निर्वाचन हुन नसकेमा निर्वाचन रोकिने समयतालिका समेत थपिनेछ ।
यस्तै, पहिलोचरण वरिष्ठ उपाध्यक्षको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार मत नल्याएमा दोस्रो चरणको मतदान हुनेछ । र, दोस्रो चरणको मतदान चैत ३० गते नै दिउँसो ११ देखि साँझ ५ बजेसम्म हुनेछ ।
मतदाताले मतदान केन्द्रमा मोबाइल, क्यामेरा, सलाई, लाइटर लगायतका प्रज्वलनशील पदार्थ लग्न पाउनेछैनन् । यसका साथै, मतदाताले मादक पदार्थ सेवन गरेर समेत मतदान केन्द्रमा जान नपाउने व्यवस्था छ ।
FACEBOOK COMMENTS