काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को निर्वाचनमा केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले उम्मेदवारी दिँदै छन् । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन, ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जन श्रेष्ठ र उपाध्यका उम्मेदवार मनिषलाल प्रधानको प्यानलबाट उम्मेदवार बनेका छन् । वस्तुगर्त तर्फको केन्द्रीय सदस्य पदको उम्मेदवार सुवेदीले एउटा व्यवसाहीलाई समस्या पर्नु भनेको राज्यलाई समस्या परेकाे बताउछन् ।
उनले भने, ‘राज्यले एउटा व्यक्तिलाई समस्या परेका छ भन्ने होइन कि त्यसको समस्याको कारण के हो त्यो बुझनु पर्छ । एउटा व्यक्तिलाई समस्या पर्नु भनेको नै राज्यलाई समस्या पर्नु हो । त्यसैले सरकारले यस्को सही तरीकाले व्यव्स्थापन गनुपर्छ ।’ सुवेदीले व्यवसाय नीति नियममा हुनु पर्ने र सरकार पनि सहि मार्गमा भए अर्थतन्त्र सुधिने देखिएको उल्लेख गरे । उनले समयको खयाल गर्न पनि सक्नु पर्ने पनि बताउँछन् । उनले भने, ‘हामीले समयको खयाल गर्न सक्नु पर्छ किनभने हामी कुनै ट्राफिका समस्यामा परेका छौ भने त्यस्ले गर्दा कति प्रेट्रोल डिजेल खर्च हुन्छ, त्यो हेनुपर्छ । न कि एउटा व्यक्तिको समस्या ।’ प्रस्तृत छ, एफएनसीसीआई निर्वाचनका केन्द्रीत रहेर उम्मेदवार सुवेदीसँग गरिएको कुराकानीको सम्पादित अंशः
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार दिँदै हुनुहुन्छ ?, तपाईको उम्मेदवार के का लागि ?
मैले ३० वर्ष पर्यटन क्षेत्रमा बिताए । ट्रेकिङ एजेन्सीज एसोशिएसन अफ नेपाल (टान)को अध्यक्ष भएर काम गरे । त्यस अर्थमा पनि मैले मेरो उम्मेदवारी आवश्यक छ भन्ने लाग्यो । नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसले सक्षम र समर्पित नेतृत्व पाउनुपर्ने छ । टान लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरेर कुशलता र समर्पण प्रदर्शन गरिसकेकाले महासंघको सदस्यमा मेरो जीत अनिवार्य छ ।
टानमा मैले दुई वर्षभन्दा बढी नेतृत्व गरेँ । मैले आफ्नो व्यवसायलाई छोडेरै टानलाई समय दिएको थिएँ । महासंघमा पनि पुरा समय दिएर काम गर्ने छु । पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायीहरूको साथ–समर्थन रहेको र व्यावसायिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आफूले पुर्याउँदै आएको योगदानलाई मूल्याङ्कन गर्दै आफूलाई महासंघको सदस्यमा निर्वाचित गराउने विश्वास छ ।
महासंघ देशैभरीको छाता संगठन हो । त्यो भित्र धेरै विषयगत स्पेसलाईजहरु छन् । महासंघ नेपालमा आर्थिक उन्नती, प्रगती र नेपाल सरकारलाई ब्याकअप रुपमा काम गर्ने मूख्य संस्था हो । यस हिसाबले पनि मैले बस्तुगत संघबाट केन्द्रीय सदस्यको रुपमा सम्पूर्ण पर्यटन व्यवसायीहरु र अन्य व्यवसायीहरुको साथ र सहयोगको आधारमा महासंघको बस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी पेस गरेको छु ।
भिडियाे
FACEBOOK COMMENTS