काठमाडौँ । सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ।
बैंकको २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्न चाहेपछि बैंकले संस्थापक सेयर बिक्री लिलामी खुला गरेको हो ।
बैंकका अनुसार संस्थापक शेयर धनी रजनी प्रधानले आफ्नो नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री गरिने भएको हो ।
इच्छुक खरिदकर्ताले चैत २६ गतेदेखि ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
पहिलो प्राथमिकता बैंकको संस्थापक शेयरधनिहरुलाई दिइएकोमा तोकिएको समयमा आवेदन नपरे सर्वसाधारणमा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS