काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंकको देवीघाट शाखा विदुर नगरपालिका, वडा नं २ मा आजबाट संचालनमा ल्याइएको छ । बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा रहेको थियो ।
बट्टारमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलको आतिथ्यमा नयाँ शाखाको शुभारम्भ भएका हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले नुवाकोट स्थित देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको अवस्थामा ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा बट्टार शाखा संचालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे ।
यसैबीच बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बट्टार शाखामा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको छ । उक्त स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क परीक्षण तथा मधुमेह (सुगर) परीक्षणलगायतका स्वास्थ्य सेवाहरू नि:शुल्क रूपमा उपलब्ध गराइनेछ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ८२ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।