काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।
शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई कोभिड–१९ संक्रमण भएको जानकारी दिएका छन्।
माओवादी उपमहासचिवसमेत रहेका शर्मालाई यो तेस्रोपटक कोरोना संक्रमण भएको हो।
आफूलाई तेस्रो पटक कोरोना भएको जानकारी दिँदै उनले पहिलो र दोस्रो पटकको संक्रमण जस्तो अहिले नभएको पनि स्पष्ट पारेका छन्।
FACEBOOK COMMENTS