काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान निकै सुस्त देखिएकाे छ । ५७औं साधारणसभा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, कार्यकारिणी सदस्यलगायतका लागि प्रज्ञा भवन कमलादीमा मतदान भइरहेको छ।
मतदान सुरु भएको ३ घन्टामासम्म जिल्ला-नगरका ११८ मतदातामध्ये ३५ भोट खसेको छ। वस्तुगततर्फ १२३ मतदातामा ९७ जनाले मतदान गरेका छन्।
१ हजार ७ सय ५० मतदाता रहेको एसोसिएटतर्फ ४ सय भोट खसेको छ।
मतदान सुस्त हुनुमा जिल्ला-नगरमा चलिरहेको ‘मोलमोलाइ’का कारण भएको केही मतदाताले बताएका छन्।
अहिलेसम्मको अवस्था हेर्दा २ बजेपछि मतदानले गति लिने देखिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।
FACEBOOK COMMENTS