काठमाडौं । रुसी सभामुख (रुसी तल्लो सदन डुमाका अध्यक्ष) व्याचेस्लाभ भोलोडिनले एकले अर्को देशको आन्तरिक मामलाको सम्मान गर्नुपर्ने बताएका छन् । रुस भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा भोलोडिनले यस्तो बताएका हुन् ।
रुसी सभामुखको भनाइप्रति राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले समर्थन जनाएका छन् ।
‘महामहिमज्युले भने जस्तै एक देशले अर्को देशको आन्तरिक मामलाहरुको सम्मान गर्ने या हस्तक्षेप नगर्ने, उच्च सम्मान, एक अर्को देशको राष्ट्रिय स्वाधिनता, अखण्डता र आफ्नो आत्मसम्मानलाई उच्च सम्मान गरेर जानुपर्ने जुन कुरा व्यक्त गर्नुभयो त्यसमा नेपाल शतप्रतिशत सहमत छ’ अध्यक्ष तिमिल्सिनाले भनेका छन् ।
अध्यक्ष तिमिल्सिनाले नेपालले अन्तराष्ट्रिय मामिलामा स्वतन्त्र दृष्टिकोण अवलम्बन गर्दै आएको पनि उल्लेख गरेका छन् ।
रुस भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी सभामुखबीच शुक्रबार भेटवार्ता भएको हो । तिमिल्सिनाको सचिवालयका अनुसार भेटवार्ताका क्रममा दुई देशका बिच अन्तर–संसदीय सहयोगलाई प्रर्वधन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालय बीच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने बिषयमा छलफल भएको छ ।
FACEBOOK COMMENTS