काठमाडौं । हुलास स्टिल इन्डष्ट्रिजको व्यापारमा उल्लेख्य वृद्धि भएको छ । गोल्छा समुहद्धारा सञ्चालित यस हुलास स्टिलको व्यापार सन् २०२१ को तुलनामा २०२२ मा ३६.४० प्रतिशतले बढेको हो ।
इक्रा नेपालका अनुसार यस कम्पनीले सन् २०२२ मा १५ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी यस कम्पनीले सन् २०२१ म ११ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
त्यस्तै यो कम्पनीले सन् २०१९ मा ८ अर्ब ५४ करोड ६७ लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०२० मा यसको कारोबार घटेको थियो । यस वर्ष ६ अर्ब १४ करोड ४९ लाख रुपैयाँ बराबरको मात्रै कारोबार गरेको थियो । कम्पनीले अल्पकालिन र दिर्घकालिन कर्जाका लागि ८ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
सन् २०२२ मा ७१ प्रतिशत सिट्स र ११ प्रतिशत पाइपबाट यस कम्पनीले आम्दानी गरेको देखिन्छ । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड सन् १९८१ मा प्राइभेट लिमिटेड कम्पनीको रुपमा स्थापित भई पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो ।
हाल, हुलासमा चार्नले डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हिस्सा रहेको छ भने बाँकी गोल्छाको स्वामित्वमा छ । यसले मुख्यतया भारतका प्राथमिक स्टिल उत्पादकहरूबाट कच्चा माल इनपुटको रूपमा हट रोल्ड (एचआर) स्टिल सिट्सहरू आयात गर्दछ । हुलासले जस्ता पनि आयात गर्छ ।
FACEBOOK COMMENTS