लमजुङ । जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका(४ च्याम्चेमा रहेको बुङ झरनामा यति बेला पर्यटक बढ्न थालेका छन् । चक्रीय अन्नपूर्ण पदमार्ग छेउमै रहेको यस झरनामा केही समयअघिसम्म १०० को हाराहारीमा आउने गरे पनि यतिबेला दैनिक २५० भन्दा बढी पर्यटक आउन थालेका हुन् ।
मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार अन्नपूणर् पदमार्गमा आउने विदेशी तथा स्वदेशी पर्यटक बुङ झरनामा रमाउने गरेका छन् । पदमार्ग छेउमै अवस्थित रमणीय झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गगरेको छ । पदमार्गमा आउने पर्यटक एक पटक झरना नहेरी नजाने उनको भनाइ छ ।
पालिकामा रहेका यस्ता पर्यटकीय झरनालाई थप व्यवस्थित गर्दै अघि बढ्ने गाउँपालिका अध्यक्ष गुरुङले बताए । छहराले त्यहाँ पुग्ने जो कसैलाई पनि लोभ्याउँछ ।
स्थानीय पर्यटन व्यवसायी बाबुराम तामाङले भने, ‘यस झरनामा यतिबेला पर्यटक बढ्दै गएका छन्, यस पदमार्गमा आएका विदेशी र आन्तरिक पर्यटक गरी दैनिक २०० देखि ३०० सम्म झरनामा आउने गरेका छन् ।’ यस झरनामा आउने पर्यटक बढ्दा आम्दानीसमेत आफूले राम्रो गरिरहेकाले उत्साहित बनेको उनले सुनाए ।
‘शुरूमा यहाँ आफूले मात्र होटल सञ्चालन गरे पनि पछि पर्यटक वृद्धि हुँदा आम्दानी बढेकाले अन्य दुईरतीन पसलसमेत थपिएको र पसलमा समेत राम्रो व्यापार हुने गरेको छ,’ उनले भने, ‘छहरा हेर्दै फुरुंग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन् त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन्, प्रकृतिमा रमाउने पर्यटकलाई यस्ता झरनाले आकर्षित गरेको छ ।’ सदरमुकाम बेंसीशहरबाट झरना ३२ किलोमिटर दूरीमा पर्छ ।
FACEBOOK COMMENTS