काठमाडौं, पुस ६- सन नेपाल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभा मेरियट होटल नक्साल काठमाडौंमा सम्पन्न भएको छ ।
संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा संचालन भएको सभाले सामान्य प्रस्तावमा बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितआ.व २०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत बित्तीयविवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिमआ.व २०७५÷०७६ को लेखापरीक्षणकार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ ।
कम्पनीले २१ शखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५,००० अभिकर्ता संरचना तयार गर्नुका साथै छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी अधिराज्य भरी आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS