काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास सङ्घको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका हुन् ।
यस्तो स्थितिमा आइपुग्नुमा देशको अर्थतन्त्र टाट पल्टने डर मुख्य कारण भएको उनले बताए ।
‘देशको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्ने डरले आयत रोक्दा राजश्व घाटेर समस्या उत्पन्न भएको हो । यद्यपि यतिबेला अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको छ’ ढकालले भने ।
ब्याजदर घट्न लाग्दा अर्थतन्त्र चलायमान हुन लागेको संकेत देखिएको ढकालको भनाई छ । यस्तै, रेमिट्यान्स बढ्दै जानु र पर्यटन व्यवसाय चलायमान बन्न सुरु गर्नु नै महत्त्वपूर्ण बिषय भएको अध्यक्ष ढकालले बताए ।
जग्गाको कित्ता काट रोक्ने निर्णयले समेत अर्थतन्त्रमा समस्या आएको बताउँदै उनले जग्गा र घरको कारोबार घट्दा उठ्ने राजश्व ह्वात्तै घटेको र यसबाट समग्र अर्थतन्त्रमा समस्या देखिएको बताए ।
यद्यपि सरकारले जग्गाको कारोबार रोक्दा उत्पन्न भएको समस्या बारेमा बुझिसकेको उनको भनाई थियो ।
रसिया यूक्रेन युद्धका कारण समेत देशको अर्थतन्त्रमा समस्या थपेको ढकालले बताए ।
‘नेपालको अर्थतन्त्रमा अहिलेको भन्दा नकारात्मक स्थिति आउने सम्भावना न्यून देखिन्छ । अहिले आउने समस्या आइसक्यो, अब धेरै समस्या नआउने मैले देखेको छु,’ उनले भने ।
जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला
संघको अध्यक्ष बिदुर धमला चयन भएका छन्। काठमाडौमा बुधबार भएको संघको १६ औं वार्षिक साधारण सभाले धमलालाई सर्वसम्मत चयन गरेको हो।
यसअघि संघका अध्यक्ष इच्छाबहादुर वाग्ले थिए।
यसैगरी प्रथम उपाध्यक्षमा दीपक कुँवर, द्धितीय उपाध्यक्षमा पुरुषोतम पौडेल, महासचिवमा रोशन भोयाद्यो, सचिवमा गोविन्दप्रसाद लोहनी र कोषाध्यक्ष तुल्सीप्रसाद अधिकारी चयन भएका छन्।
FACEBOOK COMMENTS