काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सहयोग पुर्याएको भन्दै नाम जोडिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
सो प्रकरणमा मुछिएर पक्राउसमेत परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले खाँणको समेत नाम लिएको भनेर समाचार सार्वजनिक भएको थियो।
खाँण गृहमन्त्री भएका बेलामा पाण्डेलाई गृहसचिव बनाएका थिए।
शनिबार एक वक्तव्य सार्वजनिक गर्दै खाँणले व्यक्तिगत चरित्रहत्या हुने समाचार प्रकाशित नगर्न भनेका छन्।
‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएको घटनामा संलग्न भयो भन्दै र जाँदै नगएको स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ’, उनले भनेका छन्।
FACEBOOK COMMENTS