काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सक्षम रहेको बताएका छन् ।
लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज सेजनको संयोजनमा काठमाडौंमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले नेपालमा लगानी गर्नका लागि अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले चासो देखाइरहेको जानकारी दिँदै भने, “नेपाल लगानीमैत्री वतावरण निर्माण गर्न सक्षम छ । हामी गर्वका साथ भन्न सक्छौँ, हामी लगानीमैत्री वातावरण तयार गर्छौं ।” अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको र हाम्रो अवस्थालाई अन्य देशसँग तुलना गरिरहेको बताए ।
गभर्नर अधिकारीले ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’ले नेपालमा लगानीको वातारण छ भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे। सम्मेलनमा चार सत्रमा लगानीसम्बन्धी विभिन्न क्षेत्रमा बहस भयो ।
नेपालको लगानीका अवस्था एवं वित्तीय उपलब्धता, कानूनी, संस्थागत कार्यान्वयनको अवस्था, विकास र लगानी एवं सबल पक्षको उपयोग गर्दै अप्ठ्याराहरू निराकरण गर्नेजस्ता विविध विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रि क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ बाट उद्घाटसहित शुरु भएको सम्मेलनको समापन राष्ट्र बैंका गभर्नर अधिकारीले गरे ।
FACEBOOK COMMENTS