काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ ।
बोर्डमा नयाँ ब्रोकरका लागि आवेदन दिएका ४३ वटा मध्ये पहिलो चरणमा ७ वटाले ब्रोकरले लाईसेन्स पाएकाे स्रोतले जानकारी दिएको छ । बोर्डले आशयपत्र दिएपछि पूर्वाधार तयार पारेका सात कम्पनीले लाइसेन्स पाएका हुन् ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ७ वटालाई लाईसेन्स दिएको हो । लाइसेन्स पाउनेमा हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटीज, सन सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, मियो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका छन् ।
FACEBOOK COMMENTS