काठमाडौं । आरुघाट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि गाउँपालिकाले र्फम लिङ्क सार्वजनिक गरेको छ ।
गाउँपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले र्फम लिङ्क सार्वजनिक गरेको छ ।आरुघाट गाउँपालिकाको विकासका लागि आगामी नीति तथा कार्यक्रम तथा बजेटप्रति नगरवासीको धारणा एवं महत्वपूर्ण सुझाव र्फम मार्फत भर्न सकिन्छ।
कार्यलय अधिकृत विवेक खनालका अनुसार https://shorturl.at/dgjo4 लिङ्क मार्फत, भौतिक रुपमा, लिखित रुपमा अथवा budget.arughat@gmail.com इमेल मार्फत राय सुझाव दिन सकिन्छ ।
FACEBOOK COMMENTS