काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएको छ । अर्थमन्त्री डा। प्रकाशसरण महतले आगामी वर्षको बजेट घोषणा गर्दै सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरणको योजना अघि बढाएका हुन् ।
यस्तै, न्यूनतम ३ महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गर्ने, खाद्यान्नको भण्डारण गर्ने लगायतका योजना समेत बजेटमा समेटिएका छन् । प्रत्येक प्रदेशमा एकरएक वटा भण्डारण गोदाम बनाउने बताइएको छ ।
सरकारले आगामी वर्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
FACEBOOK COMMENTS