काठमाडौं, पुस १५- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कर तिरेको छ । एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको हो ।
सर्वोच्च अदालतको आदेशअनुसार एनसेलले मंगलबार ४ अर्ब ५० करोड रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको छ ।
ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलले २२ अर्ब ४४ करोड ५३ लाख कर तिर्नु पर्ने निर्धारण गरेको थियो ।
कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर १५ दिनभित्र बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो।
तर एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको छ र ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ ।
एनसेलले अब सरकारलाई १८ अर्ब १० करोड रुपैयाँ तिर्न बाँकी छ।
FACEBOOK COMMENTS