काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपर लोहरे हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डले जेठ २३ गते कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि २४ करोड ९८ लाख ४ हजार रुपैयाँको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरले आईपीओ निष्कासन हुनेछ । यसको बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS