काठमाडौं – सपनाको कुनै सिमा हुदैन, त्यस्तै चाहनाको पनि कुनै गन्तव्य हुदैन । जहाँ जसरी भएपनि मान्छेले आफ्नो चाहान व्यक्त गर्न सक्छन् र चाहे अनुसार त्यसलाई पुरा गर्ने कोशिश पनि गर्छन् । जहाँ समस्या त्यहा उपाय भने जस्तै विदेशमा गएर पनि मोडलिङ गर्न सकिन्छ भने उदाहरण हो सुनिक्षा ।
सुनिक्षा मैनाली बच्चा देखीनै स्कुले जीवनमा डान्स गर्ने गर्थिन् । पछि ठूलो भएर डान्सर हुने, मोडलिङ गर्ने उनको ईच्छा थियो तर समयसँगै परिवारले उनलाई आईटी पढाउनको लागि अमेरिका पठाईन् ।
उनी १० बर्षदेखी अमेरिकामा आईटी सम्बन्धि अध्ययन गर्दै आईरहेकी छिन् । अमेरिका गएदेखीनै विभिन्न नेपाली साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिन थालेकी उनले विस्तारै फुसर्दको समयमा मोडलिङ शुरु गरेकी हुन् ।
उनले दिलिप रायमाझी र राज भल्लब कोईराला लगायत अमेरिकामै रहेका चर्चित मोडलहरुसँग गीतमा अभिनय गरिसकेकी छिन् । विस्तारै फिल्मको तयारी गरिरहेकी सुनिक्षा आफ्नो चाहनालाई समय अनुसार पुरा गरिरहेकी बताउँछिन् ।
उनले नेपाली कला, संस्कृती झल्किने खालका कार्यक्रमहरु अमेरिकामा गर्दै आईरहेको पनि बताएकी छिन् । राजेश पायल राईको स्वरमा रहेको चमेलीको, दिपक लिम्बुको ह्यापि बर्थ डे, मिलन अमात्यको लाखौं तस्विर, रामकृष्ण दकालको कहाँ बाट लगायतका आधा दर्जन भन्दा गीतहरुमा उनले अभिनय गरिसकेकी छिन्
। पछिल्लो समय उनको लाखौं तस्विर नामको गीत सार्वजनिक भएको थियो । उक्त गीतमा मिलन अमात्यको स्वर रहेका छ । यस्तै सुनिक्षाले गीतमा दिलिप रायमाझिसँग रोमान्स गरेकी हुन् ।
FACEBOOK COMMENTS