कास्की । सीजी मोटर्सको (नेटा) शोरुम पोखराको आर्चलबोट चोकमा शुभारम्भ भएको छ । नेपालका लागि चीनका राजदुत चेन सङले उक्त शोरुमको उद्घाटन गरेका हुन् ।
नेपालका लागि राजदुत चेन सङ ले नेपाल तथा चिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना ब्यक्त गरे । राजदुत चेन सङ ले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभी गाडी को फाईदा धेरै नै रहेको कुरा ब्यक्त गरे । नेपालमा ग्रीन इेनर्जी को सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले शाहयोग गर्ने बताए ।
साथै सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताए । सर्वजनिक यातायातमा इभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकाय को ध्यानाकर्षण गराए ।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत अग्रवालका अनुसार अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्नेछन् । नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजन छ । इभि ट्याक्सी र माईक्रोबसको सफलतरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटर सम्मका माईक्रो बसहरु उपलब्ध हुनेछन् ।
उक्त कार्यकरममा पोखराका लागि पहिलो इभि ट्याक्सी साथै,पहिलो बिद्युतीय माइक्रो बसको चीनका राजदुत सङले हस्तान्तरण गरे । पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएको छ । १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सले जनाएको छ ।
यो किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ । यसका साथै नेटा भी गाडीभित्र प्रदुषणरहित बनाउन एन ९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भी मा विश्वको ठुलो ब्याट्री निर्माण कम्पनी सिएटिएल ब्याट्रीको प्रयोग भएको छ ।
सीजी मोटर्सले नेटा भी का साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् ।
FACEBOOK COMMENTS