काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिइसक्नुपर्ने
छ ।
कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष, १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS