काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रीमा आएको छ ।
कम्पनीको ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्रीमा आएको हो । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर असार १४ गतेदेखि बिक्रीमा ल्याएको छ ।
यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको कर्पोरेट कार्यालय ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री प्रक्रिया अघि बढाईने जानकारी कम्पनीले दिएको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू। ४४७ रहेको छ ।
सर्वसाधारण तर्फको शेयरमूल्य भने प्रतिकित्ता रू। ७६० कायम भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले जारी गरेको सुचनामा शेयरको मूल्य भने उल्लेख गरिएको छैन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
FACEBOOK COMMENTS