काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
असार ३१ गते बार्षिक साधारण सभा बोलाएको कम्पनीले असार १९ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले मात्रै लाभंश पाउने छन र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभाले १ जना सञ्चालकको निर्वाचन गर्ने छ ।
FACEBOOK COMMENTS