काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले निष्कासन गरेको आईपीओ आज बाँडफाँट हुँदैछ ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार बिहान ९ः३० बजे बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
१० लाख ९२ हजार २८९ जनाले १ करोड १९ लाख ८७ हजार ३६० कित्ताका लाग आवेदन दिएका छन् । ६१ हजार ३१६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १० लाख ३० हजार ९७३ जनाको हात खाली हुनेछ ।
कम्पनीले असार ५ देखि ८ गतेसम्म १२ करोड ३१ लाख २५ हजार रुपैयाँको आईपीओ निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS