काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले ५० प्रतिशत सेयर निष्कासन गरेको हो ।
कम्पनीका अनुसार ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो । सेयरमा जेठ ३२ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।
सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS