काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफापछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार पुग्नेछ । कम्पनीले प्रतिशेयर रू। १०० अंकित मूल्यका रू. ८२ करोड २१ लाख ४५ हजार बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS