काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले मारुती सिमेन्ट उद्योगका संचालकलाई पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएको छ। आज विज्ञप्ति जारी गर्दै संघले कुनै व्यक्तिको घर बनाउँदा बनाउँदै भत्किएको विषयमा अनुसन्धान नगरी उजुरीका आधारमा पक्राउ पुर्जी जारी हुनु आपत्तिजनक भएको बताएको छ ।
संघले उद्योगीहरुलाई पक्राउ गर्ने जस्ता क्रियाकलापले लगानीकर्ता हतोत्साही हुने र यस्ता क्रियाकलापवाट देशलाई फाईदा नहुने दावी गरेको छ ।
पक्राउ पुर्जी जारी भएका मध्ये मारुतीका बिजेनस डाइरेक्टर ज्योति शर्मा पक्राउ परेका थिए ।
‘मारुती सिमेन्ट सिमेन्ट विक्री गर्ने उद्योगमाथी ठगी (अपराधिक विश्वासघात) सम्बन्धको मुद्धा दर्ता गरी कर्मचारी समेतलाई पक्राउ गर्नुका साथै संचालकहरुलाई पक्राउ पुर्जी जारी गरीएको समाचारप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ’, संघका महासचिव केशवप्रसाद उपे्रतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बौ लगानी गरी हजारौको संख्यामा रोजगारी दिई करोडौं रुपैया राजश्व तिर्ने उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गरी थुन्ने तथा पक्राउ पुर्जी जारी गर्दा समग्र औद्योगिक वातावरणमै नकारात्मक असर पर्ने सिमेन्ट उत्पादकहरुले भनेका छन् ।
उद्यमी व्यवसायीहरु माथी उद्योगीमाथि भइरहेको धरपकडले उद्योगमा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित हुने अवस्था आएको उद्योगीहरुको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS