काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ क्रमश गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । जन प्रशासन संघ (पान) र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा आयोजित ‘हेम बहादुर मल्ल सम्मान २०७७ एवं २०७८’ घोषणा तथा पत्रकार भेटघाट कार्यक्रम माझ सो जानकारी गराईएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको केन्द्रिय कार्यालयको सभा हलमा सोमबारआयोजित कार्यक्रम माझ सभापतिको आसनबाट बोल्नुहुँदै पानका अध्यक्ष कृष्णहरि बाँस्कोटाले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत पूर्व प्रशासकद्धयलाई उक्त सम्मानबाट विभुषित गर्न लागिएको जानकारी दिदै पूर्व गभर्नर एवम् पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा गठित मुल्यांकन समितिको सिफारिसका आधारमा सम्मानका लागि छनौट गरिएको जानकारी दिए।
अध्यक्ष बाँस्कोटाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्ततस् छनौट समितिको सिफारिसका आधारमा उहाँहरुलाई सो सम्मानबाट विभुषित गर्ने निर्णय लिईएको उल्लेख समेत गरे ।
‘राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७७ का लागि गोरक्ष बहादुर न्हुछे प्रधान र वामा समर्पित रहेको र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान उच्च राखेको जस्ता उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७८ का लागि भानुप्रसाद आचार्यलाई सर्वाधिक योग्य ठहर गरिएको हो’ उक्त सम्मान उपाध्यायलाई नै किन? भन्ने बारेमा स्पष्ट पार्दै अध्यक्ष बाँस्कोटाले भने ।
सो अवसर माझ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनका पूर्व महाप्रबन्धक हेम बहादुर मल्ल एक कुशल व्यवस्थापक भएको स्मरण गर्नुहुँदै मल्लको स्मृतिमा राष्ट्र सेवामा समर्पित प्रशासक एवम् व्यवस्थापकहरुलाई सम्मान गर्ने पुनित कार्यमा जोडन पाएकामा कर्पोरेशन परिवारले गर्व महशुश गर्दै आएको धारणा राखे ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हेम बहादुर मल्लको पदचापलाई नेपालको प्रशासनिक एवम् समग्र व्यवस्थापन क्षेत्रले सिको गर्न सकेको खण्डमा सुशासन र विकास कार्यमा टेवा मिल्ने आशय व्यक्त गर्दै कर्पोरेशनले सदैव जनउत्तरदायी भूमिका निर्वाह गर्ने गरेको र उपभोग्य अधिकारलाई प्रत्याभुत गर्न कर्तव्यनिष्ठ भएर लाग्दै आएको पनि स्पष्ट पारे ।
यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, डा. विमल कोइराला, महावीर पुन , अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज पाण्डे, कुलमान घिसिङ, डा. सुन्दुक रूइत, डा. गौरी शंकरलाल दास, सुर्यनाथ उपाध्याय विभुषित भैंसक्नुभएको छ। यो क्रमश अठारौं र उन्नाईसौं सम्मान समर्पण हो । प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मानबाट उपराष्ट्रपति रामसहाय प्रसाद यादवले होटल र्याडिसनमा यही श्रावण ०३ गते विभुषित गर्ने कार्यक्रम रहेको छ । यो सम्मान बर्षनी सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनिय योगदान पुर्याए बापत सम्मानपत्रसहित नगद २ लाख प्रदान गरिन्छ ।
हेमबहादुर मल्ल सम्मान घोषणा तथा पत्रकार भेटघाट कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS