एमालेको कार्यवाहक अध्यक्ष पोखरेल
              
                          
            
              
                  
                      
                          
                          	                              
                                                                  
                                                                 कर्पोरट खबर                              
                                                      
                          
                               5:48 pm, बुधबार, साउन ३, २०८०
                                                              	कर्पोरट खबर                              
                                                      
                          
                               5:48 pm, बुधबार, साउन ३, २०८०  
                          
                       
                      
                   
               
              			              
			            			          
                            
                                        
              	      
            
      
काठमाडौँ । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । एमाले अध्यक्ष  केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन् । अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेकन थिए । ओली यही साउन ८ गते स्वदेश फर्कने तालिका रहेको छ ।
              
              
              
              		              
		                            
              
                            
                          
                      		
          		          					
				 
				
FACEBOOK COMMENTS