काठमाडौं, पुस २७ – नेपाल शैक्षिक परामर्श संघ ईक्यान केन्द्रको सम्पन्न १४ औं बार्षिक साधारण सभाले प्रकाश पाण्डेको अध्यक्षतामा सर्वसम्मत रुपमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संघको प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी र महासचिवमा दीपकराज भुसाल चयन भएका छन् । कार्यसमिति सर्वसम्मत बनाउन इक्यानले एकसातादेखि कसरत गरेको थियो ।
प्रथम सचिव बासुदेव दाहाल, द्वितीय सचिवमा बालकृष्ण श्रेष्ठ छन् । कोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष कर्ण बहादुर गुरुङ तथा सदस्यहरुमा सुष्मा आचार्य, भवनाथ हुमागाईं , रत्न भट्टराई , सुवास गौतम , बिकल्प पोखरेल, आर्यन उप्रेती र नवराज भट्टराई रहेका छन् ।
संघको सदस्यहरुमा सुष्मा आचार्य, रत्न भट्टराई, नवराज भट्टराई, पुष्पराज भट्टराई, आशिक कार्की, विकल्पराज पोख्रेल, आर्यन उप्रेती, भवनाथ हुँमागाई, सुभास गौतम र शिव त्रिपाठीलाई चयन गरेको छ ।
FACEBOOK COMMENTS