पोखरा । नेपाल राष्ट्र बैंक आज मौद्रीक नीति ल्याउने भएको छ ।
राष्ट्रबैंकले आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति ल्याउन लागेको हो । स्रोतका अनुसार आज दिउँसो ३ बजे होटल याक एण्ड यतिमा मौद्रिक नीति सार्वजनिक गर्ने समय तय भएको छ । आज बिहान ९ बजेका लागि राष्ट्र बैंक सञ्चालक समितिको बोर्ड बैठक बोलाइएको छ ।
बोर्ड बैठकले राष्ट्र बैंक व्यवस्थापन समितिले तयार पारेको मौद्रिक नीतिमा छलफल गरेर अनुमोदन गर्ने गर्दछ । यो पटकको मौद्रिक नीतिक केही खुकुलो ल्याउने तयारी रहेको स्रोतको दाबी छ । यसअघि गरिएका कडाई केही खुकुलो गर्ने र केहीमा भने कडाइ गर्ने तथा केही क्षेत्रमा भएका कडाई कायमै राख्ने तयारी रहेको स्रोतको दाबी छ ।
अहिले बैंकमा निक्षेप थुप्रेर बसेको छ । कर्जा प्रवाह हुन सकेको छैन । अबको नीतिक सहजै कर्जा प्रवाह हुने खालको आउने बताइएको छ । यस्तै सेयर बजारलाई पनि केही खुकुलो बनाउनु पर्नेमा सञ्चालकहरु देखिएका छन् । गभर्नर महाप्रसाद अधिकारीले पटक पटक बजेटलाई सपोर्ट गर्ने मौद्रिक नीति आउने बताउँदै आएका छन् ।
गत साता अर्थ समितिको बैठकमा पनि उनले सरकाले ल्याएको बजेटलाई सघाउने खालको मौद्रीक नीति ल्याउने बताएका छन् । हरेक वर्ष आर्थिक वर्ष सुरु भएको पहिलो साता मौद्रिक नीति ल्याउनु पर्ने बाध्यकारी नियम भएका कारण आजै मौद्रीक नीति सार्वजनिक गर्न लागिएको हो ।
FACEBOOK COMMENTS