काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको मन्त्रालय हो ।
मन्त्रिस्तरीय निर्णयले पशुपति सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको नियमन क्षेत्रभित्र रहेको पशुपति सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेडले २०७७ सालदेखि बचतकर्ताको बचत फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा उक्त सहकारी संस्थामा सहकारी ऐन, २०७४ अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।
ऐनको दफा १०४ को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेकोले सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले उक्त संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको हो ।
सहकारी विभागले २९ फागुन २०७९ मा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई १९ जेठमा पत्राचार गरेको थियो ।
विभागले सीआईबीलाई अनुसन्धानको लागि पत्राचार गरेपनि अहिलेसम्म सीआईबीले भने कारबाही अगाडि बढाएको छैन ।
सहकारी विभागमा ५३ करोडको माग दाबीसहित बचकर्ताले उजुरी दिएका छन् । सहकारी एक अर्ब ७२ करोड निक्षेप दायित्व रहेको विवरण सहकराी विभगमा थियो । जसमध्ये केही केही रकम फिर्ता गरिसकेको दाबी सहकारीका अध्यक्ष लामाको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको उपसचिव तथा सहकारी समन्वयन शाखा प्रमुख रघुनाथ महत सहकारी व्यवस्थापन समितिले अब सम्पत्ति र दायित्वको व्यवस्थापन गर्ने काम गर्ने बताए । यस्तै सीआईबीले गर्नु अनुसन्धानमा कुनै बाधा नपर्ने उनले बताए ।
लामाले काभ्रे चिवतन लगायतका ठाउँमा ठूलो परिमाण्मा जग्गा किनेका छन् । कतिपय जग्गा काभ्रे तेमालकै पुष्पराज कोइरालाको नाममा समेत रहेको छ ।
FACEBOOK COMMENTS