काठमाडौं । अध्यागमन विभागकी वन्दना कर्णले कर्पोरेट खबर डटकममा प्रकाशित समाचार हटाउन धम्की दिएकी छन् ।
कर्णले आइतबार कर्पोरेट खबरमा प्रकाशित समाचार शिर्षक अध्यागमनकी कर्णको ब्युटिसियन संघलाई धम्की , संघले प्रतिवाद गर्ने भन्ने विषयको समाचार हटाउन धम्की दिएकी हुन् ।
फेसियल हाउस प्रा.लि.का संचालक सुष्मा महराज्यूलाई विगत केही दिन पहिला निजको काठमाडौंको के.एल.टावर स्थित रहेको फेसीयल हाउसमा सेवा लिन भनी आएकी नेपाल सरकार, गृह मन्त्रालय,अध्यागमन विभागमा कार्यरत रहेको बन्दना कर्णले फेसीयल हाऊसमा खुला रुपमा राखिएको सिसिटिभिको हवाला दिई उक्त सिसिटिभिले निजको ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी बृत, गौशलामा उजुरी दिएकोमा प्रहरीबाट सो सम्वन्धमा आवश्यक अनुसन्धान भै उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकोले मिति २०८०।०३।२८ मा निज बन्दना कर्ण कै सहमतीमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमती भैसकेकोमा पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउने गरि झुठा रुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरि आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसर, टेकुलाई समेत आफ्नो प्रभावमा पारि एक पल्ट आफुले नै सहमती गरेको बिषयमा पनि मुख फेरीकि छिन् ।
कर्णले फेलिय हाउसकी संचालक सुष्मा महरा र फेसियल हाउसलाई बदनाम गर्ने नियतले गरेको उजुरी विरुद्ध उच्च अदालत पाटनले अन्तरीम आदेश जारी गरी सकेकाे छ ।
FACEBOOK COMMENTS