काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सरकारले बर्खास्त गरेको छ ।
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका उनलाई सरकारले बर्खास्त गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा केसीलाई बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बुटवलमा रहँदा केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको थियो ।
लगत्तै निलम्बन गरी छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
FACEBOOK COMMENTS