काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अवतरणबारे पनि अपडेट दिने बताएकी छन् ।
आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।पाकिस्तानमा रहेका आठ हजार मिटरमाथिका पाँच हिमाल हुन्, के–टु, नान्गा पर्वत, जी–वान र जी–टु, अनि ब्रोड पिक । यि मध्य उनले केटू हिमाल चढेकी हुन् ।
यसअघि पूर्णिमाको टोलीले गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् । साथै
पूर्णिमा अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। २०७९ जेठ २० गते शुक्रबार नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमान पनि बनाइ सकेकी छिन् ।
उनले विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा उनी असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भएकी थिइन् । त्यस्तै सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर (८८४८.८६ मिटर) सगरमाथाको सफल आरोहण गरिन् । त्यसै गरी सन् २०२१ अप्रिल १६ मा अन्नपूर्ण (८,०९१ मिटर) प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको गरेकी थिइन् । साथै धौलागिरि (८१६७ मिटर) आरोहण सन् १ अक्टोबर २०२१ मा गरेकी थिइन् भने कञ्चनजङ्घा (८५८६ मिटर) ०५ मे २०२२ मा गरेकी थिइन् । त्यस्तै ल्होत्से (८,५१६ मिटर) शिखर १६ मे २०२२ र मकालु (८४८१ मिटर) २७ मे २०२२ मा सफल आरोहण गरेकी थिइन् ।
गोर्खा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा श्रेष्ठ जन्मिएकी हुन् ।
FACEBOOK COMMENTS