काठमाडौं । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा दिने गरेको छ ।
फन्डले इकाईधनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित १० प्रतिशत का दरले नगद लाभांश दिने जनाएको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ ।
क्यापिटलका अनुसार शुक्रबार बुक क्लोज भएको हो । तसर्थ, यो मितिसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउने यस क्यापिटलले जनाएको छ । यो खुलामुखी योजना हो ।
FACEBOOK COMMENTS