काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचक ३८ अंकले घटेको छ । कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक भइरहेको बेला आजको कारोबारमा नेप्सेमा पहिरो गएको हो । आज नेप्से ३८ दशमलव ३७ अंकले बढेर दुई हजार ५१ दशमलब ४७ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज दुई अर्ब ६८ करोड ७१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९७ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आईएमइ लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ५८२ दशमलव ४० रुपैयाँ पुगेको छ भने नेपाल रिपब्लिक कम्पनी लिमिटेडको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ ।
आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ दशमलव ५९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज १२ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS