त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको झन्डै सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ छुटेका छन्।
शुक्रबार काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले छाडेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।
ली जियालिङ र लिउ फुयान शुक्रबार बिहान ९ बजेको हिमालयन एयरको उडानबाट चीन जान लागेका थिए। राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो।
तर पछि उनीहरूको संलग्नता नदेखिएको भन्दै छाडिएको हो। यसैगरी व्यवसायी रोहन अडुकिया पनि पक्राउ परेका थिए।
उनलाई पनि राजश्वको अनुरोधमा अध्यागमनले पक्राउ गरेको थियो। तर राजश्व र सिआइबीले बुझ्न नमानेपछि उनलाई पनि छाडिएको छ।

झन्डै १०० किलो सुन प्रकरणमा अहिलेसम्म १७ जना सिआइबीको हिरासतमा छन्।

विभागले पछिल्लो समय साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो। त्यसअघि साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए।

पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। उनीहरूको कार्य(सम्पादनमा लापरबाही देखिएको भन्दै भन्सार विभागले निलम्बन गरेको थियो। पछि उनीहरूलाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको हो।

त्
              
              
              
              		              
FACEBOOK COMMENTS