दुई दिनको गिरावटपछि दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
कर्पोरट खबर
3:35 pm, मंगलबार, भदौ ५, २०८०
काठमाडौँ । यो सातामा कारोबारको सुरुआती २ दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर २ हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो । विभिन्न २ सय ७७ कम्पनीका ६० लाख ३१ हजार ३ सय ५६ कित्ता शेयर ३४ हजार ५सय आठ पटक खरिदबिक्री हुँदा १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७ सय ६९ बराबरको कारोबार भएको छ । १ सय ८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह एक सय २२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अङ्कले बढेका छन् । बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अङ्कले बढेको छ ।
त्यस्तै, लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहको उपसूचक २१ दशमलव ७४ अङ्कले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर रु २८ करोड ५९ लाख १९ हजार छ सय छ बराबरको दुई लाख ५३ हजार दुई सय ६२ कित्ता किनबेच भएको छ ।
FACEBOOK COMMENTS