काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटो मोबइल क्षेत्रलाई अनुत्पादक क्षेत्र भनिरहेको भन्दै यो सोचबाट सरकार तत्काल मुक्त हुनुपर्ने बताएका छन् ।
जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल) नेपालको दोस्रो साधारण सभा तथा अधिवेशनमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले महासंघले व्यवसायीलाई राहत हुने काम गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए ।
उनले अहिले अर्थतन्त्र गम्भीर मोडमा र निकै जटिल अवस्थामा रहेको बताए । यो पशुपतिनाथले थामेको देश कहिलेसम्म गम्भीर मोडमा हुने हो भन्दै सरकारसँग निजी क्षेत्रले जवाफ मागे पनि सरकार मौन रहेको उनको भनाइ छ । उनले सरकारले तत्काल सडकको गुणस्तर सुधार गर्नुपर्ने बताए । नेपालमा आवश्यक सडक बनाउन नेपालको अर्थतन्त्रले नधान्ने भन्दै त्यसका लागि विदेशी लगानी भित्र्याउन आवश्यक रहेको बताए ।
अहिले नेपालमा रहेका उद्योग ४२ प्रतिशत मात्रै सञ्चालनमा रहेको उनको दाबी छ । अहिले सरकाले नै मुलुक संकटमा छ भनिरहेको र निजी क्षेत्र कहिले हुन्छ भनिरहेको बताए । सरकारले मुलुक संकटमा छ भन्नु भन्दा पनि संकटबाट निकाल्न भिजन दिनु पर्ने बताए । अहिले निजी क्षेत्रले अर्थतन्त्र कहिले सुधार हुन्छ भनेर कुरिरहेको जानकारी गराए ।
अहिले बिना योजना गाँउ गाँउमा सडक पुगेको भन्दै सबै वडामा राज्यले सडक पुर्याउँदै गर्दा योजना सहित सडक निर्माण गर्न आवश्यक रहेको दाबी गरे ।
FACEBOOK COMMENTS